भक्तपुर २ मा सदर र बदर मतको विषयमा विवाद, मतगणना स्थगित
भक्तपुर | मंसिर ५, २०७९
काठमाडौं: भक्तपुर क्षेत्र नं. २ मा सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।
४ मंसिरमा भक्तपुर–२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो ।
भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् ।
प्रारम्भिक मत गणनामा कांग्रेसका थापाले अग्रता लिएका छन् । थापाले २ हजार २३० मत पाउँदा एमाले उम्मेदवार महेश बस्नेतले १ हजार ६३२ र राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

